arrow

हसिना पुत्र साजिब भन्छन् –आमाको राजनीतिक पुनरागमन सम्भव छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
sajib-sheikh-hasina-son.jpg

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै साजिबले केही मानिसहरुको भीडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउँदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘उहाँले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गर्नुभयो । उहाँ सत्तामा आउँदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एसियाको उदीयमान बाघको रूपमा हेरिएको छ ।’

उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?’

उनले बीबीसीलाई भने, ‘उहाँको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उहाँको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उहाँ कहिल्यै पुनरागमन गर्नुहुनेछैन ।’

आरक्षण विरोधी आन्दोलन चर्किदै गएपछि प्रदर्शन उग्र हुँदा हसिनाले सोमबार पदबाट राजीनामा दिँदै देश छोडेर भारत पुगेकी थिइन् । उनी भारतबाट पनि बाहिरिइसकेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ