arrow

दर्लिङखोला पहिरोमा चार घर पुरिए, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
baglung_district.png
फाइल तस्बिर

बागलुङ । बडिगाड गाउँपालिका-९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ । 

भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका-१० दर्लिङमा तीन वटा घर पुरिएका छन् ।

विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । 

ती घरमा मानिस भए नभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्णबहादुर केसीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ