- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । चीनले ‘बङ्गलादेशमा सामाजिक स्थिरता चाँडै पुनःस्थापना हुनसक्ने’ विश्वास व्यक्त गरेको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिना व्यापक विरोधपछि राजीनामा दिँदै मुलुकबाट भागेपछि बेइजिङमा विदेश मन्त्रालयले मङ्गलबार सो टिप्पणी गरेको हो ।
विदेश मन्त्रालयका प्रवक्ताले भने, “मैत्रीपूर्ण छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदारका रूपमा चीनले बङ्गलादेशमा चाँडोभन्दा चाँडो सामाजिक स्थिरता पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा राखेको छ ।”