arrow

गाजाका ६३ प्रतिशत भवन क्षतिग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । गाजा पट्टीलाई समेट्ने उपग्रह निगरानीको संयुक्त राष्ट्रसङ्घको पछिल्लो विश्लेषणले गाजाका ६३ प्रतिशत संरचनाहरू क्षतिग्रस्त भएको देखाएको राष्ट्रसङ्घीय मानवअधिकारवादीहरूले बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले एक महिनाअघि सङ्कलन गरेको तथ्याङ्क राष्ट्रसङ्घीय स्याटेलाइट सेन्टरले विश्लेषण गरेको जनाएको छ ।

ओसिएचएले गाजामा बमबारी र शत्रुताले प्यालेस्टिनीहरू मरिरहेको, घाइते भइरहेको र विस्थापित भइरहेको तथा घरहरू र पूर्वाधारहरूलाई क्षति पु¥याइरहेको बताएको छ । 

“प्यालेस्टिनी नागरिक सुरक्षाका अनुसार पछिल्लो ४८ घन्टामा गाजा सहरमा विस्थापितहरूलाई आश्रय दिएको तीन वटा विद्यालयमा कथितरूपमा आक्रमण हुँदा दर्जनौँ हताहत भएका छन्,”, ओसिएचएले भनेको छ । 

इजरेली सेनाले दक्षिणी खान युनिस र उत्तरी रफाह क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै अल मावासीमा पश्चिमतर्फ जान नयाँ आदेश जारी गरेको छ । गाजामा जनसङ्ख्याको आवागमन ट्र्याक गर्ने मानवीय साझेदारहरूले यस निकासी आदेशबाट प्रभावित क्षेत्रहरूमा ११ हजारभन्दा बढी मानिस बस्ने अनुमान गरेका छन् ।

हिंसा जारी रहँदा गाजामा मानवीय सङ्कट गहिरिँदै गएको ओसिएचएले जनाएको छ । एजेन्सीका अनुसार पहुँच अवरोधहरू, आवश्यक आपूर्तिहरूको अभाव, ताजा उत्पादन र मासुको सीमित उपलब्धता, दूषित पानी र सरसफाइ सेवाहरू तथा रोग फैलाउने कारणले पोषण अवस्था बिग्रँदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ