arrow

नबिल बैङ्क र नमस्ते पे वालेटबीच साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
nabil-bank-namaste-pay-mou-2024.jpg

काठमाडौँ। नबिल बैङ्कले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। यो साझेदारीले नबिल बैङ्कका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्। मङ्गलवार आयोजित एक कार्यक्रमकाबीच नबिल बैङ्कका तर्फबाट रिटेल कारोबार बैङ्किङ प्रमुख  नीरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यो सहकार्यसँगै अब नबिल बैङ्कका ग्राहकहरूले  एनबैङ्क (मोबाइल बैङ्किङ) एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न  सक्नेछन्। नबिल बैङ्क नेपालमा भुक्तानी प्रणाली डिजिटलिकरण अग्रणी संस्था हो। बैङ्कले नयाँ नयाँ  प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैङ्कका रिटेल कारोबार बैङ्किङ प्रमुख शर्माले यो साझेदारीले बैङ्कका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्नुहुने बताए। उनले भने, 'डिजीट़ाइजेसनमा महत्त्वपूर्ण योगदान दिँदै आएको यस बैङ्कले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।'

नमस्ते पे वालेटका डेपुटी सिइओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भने, 'नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ।' उनले यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैङ्क एप प्रयोगकर्ताहरूले अब ईसेवा, खल्ती र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन्। यो सेवा सुरु भएपछि, नबिल बैङ्कका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन्।

नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कहरूमध्ये एक हो। बैङ्कले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले ४० वर्ष देखि नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ। बैङ्कले नेपालको बैङ्किङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ