arrow

लगातार समितिको बैठक राख्न कानूनमन्त्रीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
ajayakumar-chaurasiya.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदमा समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेश गर्न आग्रह गरेका छन् । मंगलबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसदमा बिजनेस नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी संसदमा पेश गर्न समितिसमक्ष आग्रह गरे । 

उनले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गरे । उनले विचाराधिन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताए । 

उनले भने, ‘भोलि यसले अन्य जटिलता पनि नआओस् भन्ने मान्यज्युहरुको भावना रहेकाले त्यसमा छलफल सम्बन्धित मन्त्रालयसँग गरेर अघि बढ्दा मन्त्रालय सहमत नै छ । भोलिदेखि लगातार यस समितिमा बैठक बसेर अन्य विषयहरु पनि टुंग्याउने कुराहरु हामीले अघि बढाउनु पर्छ । किनभने संसदभित्र बिजनेस छैन । भोलि केही नेपाल ऐन संशोधनसम्बन्धी बनेको विधेयकमाथि छलफल गरौँ । कतिसम्म सहमति हुन सकिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ