arrow

बेँसीसहर–चामे सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
chame-sadak.jpg

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बँेसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उनले बताए । पैसठ्ठी किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ