arrow

बागलुङ पहिरोका दश घाइतेलाई अस्पताल पुर्‍याउन कठिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
Baglung-hamrakura.jpg.jpeg

बागलुङ । बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ ।  

निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो । 

बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा  प्राथमिक उपचार गरेको छ । 

घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।

उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको दुखेसो उनले गरे । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पहिरोमा परी आठ जनाको ज्यान गएको छभने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ