arrow

चार चिनियाँ बोकेको एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरीमा दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
air-dynasty-helicoptor.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । 
  
शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जङ्गलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशङ्का गरी प्रहरीलाई खबर गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिए । 

काठमाडौँबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । 

एयर डाइनेस्टीका अनुसार हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टर दिउँसो १ बजेर १४ मिनेटमा उडेको थियो । उक्त हेलिकप्टरमा ४ जना चिनियाँ रहेका थिए । 

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार सबै पाँच जनाको मृत्यु



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ