arrow

हेलिकप्टर दुर्घटना स्थलबाट शव संकलन गर्न मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
helocoptor-crash-air-dynast.jpg

काठमाडौँ । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुको शव संकलन गर्न मुस्किल भएको छ । बुधबार दिउँसो १ः१४ बजे काठमाडौँबाट उडेको हेलिकप्टर रसुवाको स्याँफ्रुबेसी जाँदै थियो । 

उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । त्यसपछि उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । 

जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेका थिए । 

उनीहरु सबैको मृत्यु भएको छ । दुर्घटनास्थल अप्ठेरो स्थलमा भएका कारण शव संकलन गर्न मुस्किल भएको हो । लामो प्रयासपछि चार जनाको शव निलिएको भए पनि एक शव भने निकाल्न कठिन भएको छ । 

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोली घटनास्थलतर्फ पठाइएको थियो । 

साथै ककनीस्थित यूएन तालिम केन्द्रबाट समेत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ११ जनाको टोली पनि खटाइएको उनले जानकारी दिए ।     

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । मृत्यु हुने अन्य चार जनामा चिनियाँ नागरिक हुन् । जसमा तीन पुरुष र एक महिला हुन् । 

मृतक चिनियाँहरुमा जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ