arrow

बडिगाड पहिरोः एकको शव फेला, तीन जना अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
baglung-badigurd-pahiro.jpg

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।

बडिगाड गाउँपालिका-१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो । उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

पहिरोमा परी अझै तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल विक रहेका छन् । बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ