arrow

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
cabinet-81-4-23.jpg

काठमाडौँ । सरकारले हेलिकप्टर दुर्घटना छानबिनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । 

समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन् ।

समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको प्रवक्ता गुरुङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ