arrow

ईयूले युक्रेनलाई चार अर्ब युरो दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
european-union-eu.jpg

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले युक्रेनको सुधार प्रयास सन्तोषजनक ठानेपछि युक्रेनलाई चार अर्ब २० करोड युरो प्रदान गर्न तयार भएको ईयूको परिषद्ले जनाएको छ ।

परिषद्ले ईयूको युक्रेन सुविधाअन्तर्गत युक्रेनलाई अनुदान र ऋणको नियमित भुक्तानीको पहिलो किस्तालाई अनुमति दिएको एक प्रेस विज्ञप्तिले जनाएको छ । 

परिषद्ले सर्त र सुधारहरू पूरा भएको जनाएको छ । सुधारहरूमा सार्वजनिक वित्तीय व्यवस्थापन, राज्यको स्वामित्वमा रहेका उद्यमहरूको सुशासन, व्यापारिक वातावरण, ऊर्जा र खानी समावेश छन् । 

कोष जारी हुने युक्रेन सुविधा सन् २०२४ मार्चमा लागू भएको हो । यसले सन् २०२४ देखि सन् २०२७ अवधिका लागि ५० अर्ब युरोसम्मको आर्थिक सहयोगको प्रक्षेपण गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ