arrow

माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु, एकको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
Kanchanpur-hamrakura.jpg.jpeg

कञ्चनपुर । माछा पोखरीमा नुहाउँदै गरेकी शुक्लाफाँटा नगरपालिका-४ आशापुरका १३ वर्षीय विपना चुनाराको बुधबार साँझ डुबेर मृत्यु भएको छ । पौडी खेल्न नजान्दा चुनाराको डुबेर मृत्यु भएको हो ।

साथीसँग पोखरीमा नुहाउनका लागि गएका बेला डुबेर चुनाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले बताए ।

विपनासँगै नुहाउन गएकी ११ वर्षीया विपिका सुनारको भने सकुशल उद्धार गरिएको छ । स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनी घर फर्केकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ