arrow

टाटा एक्सप्रेस टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
sipridi-tata-dc-fast-charger-sindhupalchok.jfif

काठमाडौँ। टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ। ग्राहकहरूको सुविधालाई ध्यानमा राखी चार्जिङ स्टेसन थप गरिएको हो। ग्राहक सुविधाहरू थप तथा सेवा सञ्जाल बिस्तार कार्य अन्तर्गत सेवालाई परिष्कृत पारिएको कम्पनीले जनाएको छ।

टाटा मोटर्स को ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरूले मन पराएका छन्। नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस ले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको हो।

एक्सप्रेस–टी’ मा एक वर्षको गाडीको बिमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिंग, साथै १६०,००० किमीसम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरू रहेको छ।

खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोङ्गबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ। छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ