arrow

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका मृतकको शव परीक्षण थालियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
air-dynasty-crash-81-4-24a.jpg

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा हेलिकप्टरका क्याप्टेन तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो । 

हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ । 

चिनियाँ नागरिकको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ