arrow

टाटा मोटर्सको श्रावणमै दसैँ अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
sipradi-tata-tiago-ev-exchange-offer-2081-2024.jpg

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको एक मात्र  आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले श्रावणमै दसैँ कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकहरूको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशै भरी रहेका शोरुमहरूमा यही श्रावण २५ देखी २७ गतेसम्म एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस कार्यक्रममा निःशुल्क रूपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरू प्राप्त गर्न सकिनेछ।

साथै श्रावणमै दसैँ कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नुका साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरू खरिद गरेर भरपुर फाइदा उठाउनु कम्पनीले अनुरोध समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ