arrow

भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहन्छौँ- गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
ramesh-lekhak-04-22.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निबारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहेको बताएका छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार निबारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धीको छलफल जीवन्त, सान्दर्भिक, विषयवस्तु केन्द्रित र महत्त्वपूर्ण रहेको बताए । 

उनले सरकार सो सम्बन्धी विधेयकमा गम्भीर रहेको बताए । अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शून्य सहनशीलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरू लगाउने बताए । 

उनले भने, ‘भ्रष्टाचार निबारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सम्मानित समितिमा जुन छलफल भइरहेको छ,मलाई लाग्छ यो अत्यन्त जीवन्त, सान्दर्भिक, विषयवस्तु केन्द्रित र महत्त्वपूर्ण छ । आज झन्डै ९ जना मान्यज्युहरुले आफ्ना विचार राख्नुभएको छ । यी अत्यन्त सारगर्भित र महत्त्वपूर्ण छन् । इमर्जेन्सी कति छ भन्ने प्रश्न गर्नुभएको छ, यो विषयको इमर्जेन्सी छ । सरकार चाँडो भन्दा चाँडो यो विधेयक पारित गर्न चाहन्छ । त्यसका लागि सरकारका तर्फबाट म सम्मानित समितिलाई चाँडो निष्कर्षमा पुगिदिन आग्रह गर्दछु । विषयको महत्त्व र प्राथमिकताका बारेमा दुई दिन पहिला स्वयं प्रधानमन्त्रीज्युले यो सन्दर्भमा समितिमा उपस्थित हुनुभएको छ । अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शून्य सहनशीलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरू लगाउने समेतका विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले व्यापक धारणा राखिसक्नुभएको छ । म समितिले बोलाउँदा सबै काम छोडेर हाजिर हुनेछु, यो मेरो प्रतिबद्धता छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ