arrow

३२ हजार सिरियाली फर्किए घर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
siriya-jordan.png

काठमाडौँ । यस वर्षको पहिलो सात महिनामा टर्किएको सबैभन्दा ठूलो शहर इस्तानबुलबाट करिब ३२ हजार सिरियाली आप्रवासीहरू स्वदेश फर्किएका छन् ।

यस वर्षको पहिलो सात महिनामा भिसा छुट वा आवास अनुमतिको म्याद सकिएको कारण १ लाख ९१ हजार ७१६ विदेशीहरूले इस्तानाबुल छोडेका छन् । जसमध्ये ३१ हजार ७६५ सिरियालीहरू स्वेच्छाले आफ्नो घर फर्किएका हुन् । 

२०११ मा सिरियाली गृहयुद्ध शुरु भएदेखि, टर्किए लाखौँ सिरियाली शरणार्थीहरूका लागि युरोप जान खोज्ने प्रमुख ट्रान्जिट बिन्दु बनेको छ । आधिकारिक तथ्याङ्कका अनुसार टर्कीमा ३.१ मिलियन सिरियालीहरू छन् । जसमध्ये ५ लाख ३० हजार २७२ इस्तानबुलमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ