arrow

ब्रजिलमा भएको विमान दुर्घटनामा सबै ६१ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
plane-crash-brazil-epa-bbc-.jpg

काठमाडौँ । ब्रजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित सबै ६१ जनाको मृत्यु भएको छ । ब्रजिलको साओपाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना हुँदा सवार सबै ६१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

वोएपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्काभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।

पहिले उक्त विमानमा ६२ जना भएको बोएपासले बतएको भए पनि पछि भने ६१ जना भएको पुष्टि गरेको थियो । 

दुर्घटनामा परेको विमान दुर्घटनाको डेढ मिनेट पहिले नै उचाइ लिन छाडेको थियो । सीएनएनको रिपोर्टअनुसार उडान ट्रेकिङ डेटाबाट पत्ता लागेअनुसार स्थानीय समय दिउँसो १ः२१ बजेसम्म जहाजले १७ हजार फिटको उचाईमा उडिरहेकामा त्यसको १० सेकेन्डमै लगभग २५० फिट तल झरेको थियो । एक मिनेटमै लगभग १७ हजार फिट तल खसेको जनाइएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ