arrow

भुटानमा पर्यटन प्रवर्द्धन र हवाई उडानबारे टानको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
tan-gandaki-tour.jpg

पोखरा । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको टोली भुटान पुगेर पर्यटन प्रवर्द्धनसहित पोखराबाट भुटानसम्मको सिधा हवाई उडानबारे छलफल गरेको छ ।

टान टोलीले भुटानका परराष्ट्रमन्त्री दिनानाथ ढुंगेल, भुटान दलका संसदीय दल नेता लाक्पा छिरिङ्ग तामाङ तथा पर्यटन विभागका निर्देशक डोक्या रिन्जिमलगायतसँग उच्च स्तरीय भेट्घाट गरेको थियो । 

भेट्घाटका क्रममा नेपाल र भुटानबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सकिने विषयमा घनिभूत छलफल भएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

छलफलका क्रममा संयोजक आचार्यले भुटानको धर्म, संस्कृति, भाषा र डाडाँकाँडा नेपालसँग मिल्दोजुल्दो रहेको भन्दै नेपालका पदमार्ग सकेर भुटानको भ्रमण गरेमा पर्यटकको यात्रा पूर्ण हुने तर्क गरे ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भुटानको पारो विमानस्थल सिधा हवाई उडान गर्नुपर्नेमा जोड दिए । 

नेपालीलाई भुटान आउनका लागि सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष श्रेष्ठले नेपाल र भुटानलाई पर्यटनमार्फत् जोड्न सकिने स्पष्ट पारे । 

त्यस क्रममा भुटानका परराष्ट्रमन्त्री ढुंगेलले आगामी दिनमा टान गण्डकीसँग मिलेर पर्यटकीय क्षेत्रमा नेपालमा सहयोग पुर्याउने प्रतिवद्धता जनाए । नेपालबाट भुटान घुम्न आइदिन आग्रह गर्दै मन्त्री ढुंगेलले निकट भविष्यमा पोखरा भ्रमणका लागि नेपाल आउने वाचा गरे ।

अमीन भुटान टूर्स एण्ड ट्रेकले टान गण्डकीमा आबद्ध कम्पनीका प्रतिनिधिलाई भुटान भ्रमणमा सहभागी गराएको हो । 

पोखरा महानगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भुटान गएको टोलीमा १५ जना सहभागी थिए ।

टोलीले अगस्त ३ देखि ७ सम्म भुटान भ्रमण गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ