arrow

जनतामा नयाँ आशा जगाउन वर्तमान सरकार गठन भएको हो : मन्त्री गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
prithivisubba-gurung-uml-kaski.jpg

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बतएका हुन् ।

मन्त्री गुरुङले जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको र सरकारले मुलुक सामु देखा परेका समस्यालाई सम्बोधन गर्ने स्पष्ट पारे ।

उनले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरे पनि नेपालका लागि भने त्यो नौलो नभएको जिकिर गरे ।

मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि नेपाली कांग्रेस र एमालेबीचमा सहकार्य भएको भन्दै उनले मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको सङ्कल्पसहित वर्तमान सरकार गठन भएको स्पष्ट पारे ।

वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिन नहुने बताए ।

उनले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति गराउन सरकार क्रियाशील रहेको बताए ।

लोकतन्त्र र गणतन्त्र ल्याउन सङ्घर्ष गरेका दलहरु असफल भएमा प्रतिगमनकारीले टाउको उठाउने जोखिम हुने उनको भनाइ थियो ।

मन्त्री गुरुङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाको गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।

पुराना सञ्चार नीति, कानुन परिमार्जन गरिने, ‘डिजिटल’ नेपालको अवधारणाअनुसार सूचनाप्रविधिको अधिकतम उपयोगलाई जोड दिइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ