arrow

भोलि सोमबारबाट पन्च इभीको प्रि-बुकिङ सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
sipridi-tata-punch-ev-2081-2024.jpg

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले  भोलि (सोमबार) देखी  बहुप्रतिक्षित पन्च इभीको प्रि-बुकिङ खुल्ला गर्ने जानकारी गराएको छ। अब ग्राहकहरूले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि-बुकिङ गर्न सक्नेछन् भने प्रि-बुकिङ गरिएका गाडीहरू आगामी नाडा अटो सोबाट प्राथमिकताका साथ डेलिभरी सुरु गरिने कम्पनीले जनाएको छ।   

उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको छ। साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेको छ। एक  विशेष  इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको छ।

१६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेका छन्। यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा  खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ।

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा अठार हजार युनिट भन्दा बढी बिक्री भइरहेको छ। यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रूपमा स्थापित हुन सफल भइसकेको छ। पन्च इभी आधुनिक ग्राहकहरूको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्दै एक अतुलनीय यात्रा अनुभूतिको प्रत्याभूति गर्दछ।

यसले पन्च ब्रान्डको विश्वसनीयतालाई मात्र नभई समग्र टाटा ब्राण्डको इभी  पोर्टफोलियोमा नयाँ आयाम थपेको छ। पन्च इभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ