arrow

आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएको छु- सञ्चारमन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
subba-04-16.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रमा धेरै बेथिति रहेको बताएका छन् । आइतबार  आयोजित एक कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रका बेथिति देख्दा आगोको भुङ्ग्रोमा उभिएको ‘झाँक्री बा’ जस्तै अनुभव भएको टिप्पणी गरेका हुन् । 

उनले सञ्चार क्षेत्रमा हुने कुनै पनि काममा कानून मिच्ने गरेको र बेतिथि रहेको बताए । उनले अहिले आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएर बसेको तर आगोमा उभिएर ज्यान बचाइ काम गर्ने बताए । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयभित्र रहेका बेथितिहरूलाई अन्त्य गर्दै आगामी दिनमा नेपालको आफ्नै स्याटलाइट बनाउने बताए । 

उनले आगामी चार वर्षमा नेपाललाई सम्पूर्ण रूपमा डिजिटलाइजेसनमा लैजाने प्रतिबद्धता जनाए । उनले नेपाल टेलिकम र एनसेल नवीकरण ८ किस्तामा तिर्ने प्रचलनको अन्त्य गर्ने पनि बताए । उनले ६० वर्ष पुराना ऐनको कारणले काम गर्न असहज भएको भन्दै एक वर्षभित्र सबै कानून संशोधन र सुधार गर्ने गरी काम गरिरहेको बताए । 

उनले नेपाल टेलिकम,एनसेलले नवीकरण गर्न पाँच वर्षको अनुमति दिनका लागि २० अर्ब रुपैयाँ लाग्ने तर इन्टरनेट प्रदायकहरूलाई ३ लाख मात्रै लिने गरेको भन्दै सच्याउन आवश्यक रहेको बताए । उनले पाँच वर्षको लागि नवीकरण गर्ने २० अर्ब शुल्क ८ किस्तामा तिर्ने प्रचलनले घुस खोरी हुने गरेको भन्दै त्यसको अन्त्य गर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ