arrow

श्रम आप्रवासन नीति चाँडै ल्याउँछौँ - श्रममन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
saradsing-bhandari.jpg

काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन छुट्टै श्रम आप्रवासन नीति बनाउने तयारीमा रहेको बताएका छन् । सिंहदरबारमा आइतबार डा.गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार पारेको आप्रवासन नीतिको मस्यौदा बुझ्दै उनले समितिले तयार पारेको मस्यौदालाई आवश्यक छलफल र सुझावको आधारमा पूर्ण नीतिका रूपमा सरकारले चाँडै ल्याउने प्रतिबद्धता जनाए । 

उनले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनको लागि नीति र कानूनको अभाव भएको भन्दै भएका कानूनहरुलाई संशोधन गरी वर्तमान समयअनकुल बनाउने तयारीमा सरकार रहेको बताए । उनले श्रम क्षेत्रमा देखिएका बेथितिलाई समाधान गर्नको लागि श्रम अदालतको दायरा जिल्ला अदालतहरूमा समेत पु¥याउनुपर्ने आवश्यकता रहेको बताए । 

उनले अहिले सरकारले श्रम क्षेत्रका तीन कुरामा प्राथमिकता दिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने प्रणालीलाई सुधार गर्न सरकारले नीतिगत रूपमा सुधार गर्ने पक्षमा रहेको बताए । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई कसरी व्यवस्थित र मर्यादित बनाउने गरी आप्रवासन नीतिको मस्यौदा आएको बताए । उनले सरकारले विदेशमा गएका नागरिकहरूलाई नेपाल फर्काएर ल्याउन के गर्न सकिन्छ ? भन्ने विषयमा पनि योजना बनाइरहेको बताए । 

विदेश जानेहरूलाई सरकारले रोक्न नसके पनि मुलुकमा फर्काएर ल्याउने योजना बनाउन आवश्यक रहेको बताए । उनले नेपालले बजार अनुसारको माग गर्ने भन्दा पनि आफ्नो माग अनुसारको बजार बनाउन आवश्यक रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ