arrow

सिप्रदी ट्रेडिङ्गद्वारा टाटा विङ्गर खरिदमा विशेष अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
sipridi-tata-winger-ev-launch-2081-2024.jpg

काठमाडौं। नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरूको सुविधाका लागि ‘टाटा विङ्गरको धमाकादार अफर’ योजना सार्वजनिक गरेको छ। यस योजनामा, ग्राहकहरूले जम्मा २०% डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ ७०% सम्मको फाइनान्स सुविधा पाउँदै सजिलै टाटा विङ्गर खरिद गर्न सक्नेछन्।

यो अफर अन्तर्गत मासिक ६० हजारदेखि सुरु हुने सरल किस्ताबन्दीमा ग्राहकहरूले आफ्नो व्यवसाय विस्तार गर्न र आम्दानी बढाउन सक्नेछन्। सिप्रदी ट्रेडिङ्गले यो अत्यन्तै लाभदायक योजना अगस्ट महिनाभरि उपलब्ध हुने जानकारी गराएको छ। कम्पनीले यो योजनाले विङ्गर खरिद गर्न इच्छुक ग्राहकहरूलाई सजिलो बनाउने विश्वास लिएको छ र सबैलाई योजनाको लाभ उठाउन आग्रह गरेको छ।

यसै क्रममा, टाटा मोटर्सले हालै रि-लञ्च गरेको १३+डि बिएस६ नयाँ मोडेलको टाटा विङ्गर, छोटो तथा लामो दूरीका यात्राका लागि किफायती, आरामदायी, र फाइदाजनक रहेको बताइएको छ। सिप्रदी ट्रेडिङ्ग प्रालिका प्यासेन्जर भेहिकल, बस, र प्यानलका प्रडक्ट मेनेजर इन्द्रमणी पोख्रेलका अनुसार, यो गाडीमा प्रदूषण नियन्त्रण गर्ने अत्याधुनिक बिएस६ टेक्नोलोजीको प्रयोग गरिएको छ, जसमा १०० हर्ष पावर र २०० न्यूटन मिटरको टर्क रहेको छ। उनले नयाँ विङ्गर भ्यान सेगमेन्टको उत्कृष्ट प्रदर्शनको गाडी रहेको र गाडी एक, फाइदा अनेक भएको बताए।

नेपालको कमर्सियल भेहिकल क्षेत्रमा टाटा मोटर्स सर्वाधिक लोकप्रिय कम्पनी हो, जसले विभिन्न योजनाहरू मार्फत आफ्ना ग्राहकहरूलाई निरन्तर लाभान्वित गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ