arrow

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्य घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ