- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बलिउडको चलचित्र करण अर्जुनमा एउटा सम्वाद छ – मेरै करण अर्जुन आएंगे । यो छोटो सम्वाद निकै चर्चित छ । यो सम्वाद भन्ने अभिनेत्री हुन् राखी गुलजार ।
निकै चर्चित अभिनेत्री राखी आज ७७ वर्षकी भएकी छिन् । बलिउडका एकसे एक ब्लकबस्टर चलचित्र दिएकी राखी लामो समयदेखि एकान्तमा छिन् ।
चार दशक चलचित्र क्षेत्रमा बिताएकी उनले करिब एक सय चलचित्र खेलेर २ नेशनल अवार्ड, ३ फिल्मफेयर अवार्ड र पद्मश्रीबाट सम्मानित राखी मुम्बईबाट केही टाढा रहँदै आएकी छिन् ।
उनी मुम्बईको पनवेलस्थित फार्महाउसमा आफ्नो जीवन गुजारिरहेकी छिन् । उनलाई क्लास्ट्रोफोबिक छ जसलाई भीड वा चर्को आवाज सुन्न मन पर्दैन ।
उनी एक्लो जीवन बिताइरहेकी छिन् । अनि आफैँ फार्महाउसमा काम गर्छिन् । उनी ९ कुकुर, ३२ गाईसँगै कयौँ तरहका चराचुरुङ्गी र सर्पहरु पाल्दै आएकी छिन् ।
उनले सर्पसँग डर लाग्दैन ? भन्ने क्विन्टको प्रश्नमा ‘तिमीहरु सहरमा रहनेहरु सर्पसँग डराउँछौ यदि उसलाई नोक्सान नगर्ने हो भने उसले पनि टोक्दैन’ भनिन् ।
उनले अमिताभ बच्चनसँग मात्रै मुकद्धरका सिकन्दर, कभी कभी, त्रिशूल, कस्मे वादे, काला पत्थर, जुर्माना र बेमिशाल खेलेकी थिइन् । उनले अमिताभकी आमाकोसमेत भूमिका निभाएकी थिइन् ।