- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य छविनारायण गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
दाङ जिल्ला अदालतबाट बैंक कसूरमा पक्राउ पुर्जी जारी भएपछि घोराहीको तुलसीपुर चोक निवासी गिरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामबहादुर तिमिल्सेनाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा गएराति घरबाट पक्राउ गरेको छ ।
उनीविरुद्ध बैंक कसूरमा मुद्धा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।