arrow

टाटा मोटर्सका डिलरहरूलाई पन्च इभीको टेस्ट ड्राइभ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
punch-ev-test-drive-2081.jpg

काठमाडौँ। नेपालको लागि टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले चितवनको सौराहामा आफ्नो नेपाल भरी रहेका डिलरहरूलाई पन्च इभिको टेस्ट ड्राइभ गरिइरहेको छ।

टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको छ। नाडा अटो–शोमा लन्च गर्न लागिएको पन्च इभी नेपालको बहु प्रतीक्षित गाडी हो। सबै सहभागीहरूबाट पन्च इभिलाई देखेर उत्साहित प्रतिक्रिया आएको कम्पनीले जनाएको छ।

पन्च इभी भारतमा अत्यधिक रुचाइएको गाडी हो। भारतमा टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ।
पन्च इभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू छन्। यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा  खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४  लिटरको थप स्पेस छ।

साथै माईक्रो एसयूभी पन्च इभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ। भारत एनक्यापले सम्पन्न गरेको उक्त टेष्टमा पन्च ईभीले एडल्डट र चाइल्ड दुवै अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ