arrow

असोजको पहिलो हप्ता माओवादी केन्द्रीय कमिटी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
maoist-cpn.jpg

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले असोजको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठक अगाडी सबै प्रदेशमा जबस मोर्चा, सल्लाहकार समिति र आयोगहरूको परामर्श समिति बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

प्रदेशका बेटकहरूमा अध्यक्षदेखि उपमहासचिवसम्मका पदाधिकारीहरू उपस्थित हुने उनले बताए । उनले बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्ने बताए । 

उनका अनुसार ३ वटा केन्द्रीय आयोगको १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चको २९ र ३० गते र जवस, मोर्चाहरूको २७ र २८ गते बैठक बस्नेछ । प्रवक्ता सापकोटाले प्रदेशहरूको बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशको पनि बैठक बस्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ