arrow

अमेरिकी उपराज्यमन्त्री आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
richard-r-barma-usa.jpg

काठमाडौँ । अमेरिकी उपराज्यमन्त्री रिचार्ड आर. बर्माले नेपाल भ्रमणमा आउँदै छन् । अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री बर्मा शनिबार नेपाल भ्रमणमा आउने भएका हुन् ।

बर्मासँग राष्ट्रपति जो बाइडेनका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडेस्टा र अमेरिकी ऊर्जा विभागका उपमन्त्री डेभिड टर्कले भ्रमण गर्ने बताइएको छ ।

बर्माले नेपालसँगै भारतको भ्रमण गर्ने छन् । बर्माले भदौ १ देखि ६ गतेसम्म नेपाल र भारतको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ