- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पाकिस्तानमा मंकिपक्स संक्रमणको पहिलो केस भेटिएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मंकिपक्सबाट संक्रमित व्यक्ति खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन् जो खाडी देशबाट स्वदेश फर्किएका हुन् ।
सङ्क्रमित व्यक्ति कसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लाग्ने र व्यक्तिको नमूनासमेत लिने काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार मंकिपक्सबारे एक चेतावनी जारी गर्दै, एयरपोर्ट र त्यस्ता सबै ट्रान्जिट पोइन्टहरूमा कडा स्क्रिनिंग भइरहेको बताएको थियो ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन् ।
यसअघि अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा एमपोक्सको पहिलो केस देखिएको थियो । स्वीडेनको एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ ।
अफ्रिकाका केही भागहरूमा फैलिएको मंकिपक्स रोगका कारण विश्व स्वास्थ्य संगठनले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्ल्यूएचओले मंकिपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा उल्लेख गरेको छ ।
मंकिपक्स एक संक्रामक रोग हो, जसले अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीको ज्यान लिएको छ ।