arrow

भारत जाँदै परराष्ट्रमन्त्री राणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
arzu-rana-deuba-81-3-31.jpg

काठमाडौँ । पराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही भदौ २ गते आइतबारदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छिन् ।

उनका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल-भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।

दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ