arrow

परराष्ट्र मन्त्री राणा भारत भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
arzu-deuba-rana-2080-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा भारत भ्रमणमा जाँदै छिन् । बिहीबारसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो ।

भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा राणाले भारतका विदेशमन्त्री डा जयशंकरसँग भेटवार्ता गरी नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन र सहयोग अभिवृद्धिमा पारस्परिक हितका विषयमा छलफल गर्नेछिन् ।

साथै यस भ्रमणले नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साको रूपमा सदियौंदेखिको पुरानो, गहिरो र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनको भ्रमणको क्रममा अन्य उच्चस्तरीय भेटवार्तासमेत हुने बताइएको छ । उनी भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किने तालिका रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ