arrow

मन्त्री भएपछि पहिलो विदेश भ्रमणमा लागिन् परराष्ट्र मन्त्री राणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
arzu-rana-81-5-2.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजू राणा देउवा आज भारत प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । 

उनी परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । 

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ । 

मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका हुन् ।  

मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् । 

परराष्ट्र मन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको हो । 

परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ