arrow

भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री राणा र समकक्षी जयशंकरबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
arzu-sjaishankar-81-5-3.jpg

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपि भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ । 

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्बिर सावैजनिक गर्दै भारतमा स्वागत गरेका छन् । 

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ । 

मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी बिहीबार स्वदेश फर्कने तालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ