arrow

बिदाइ भाषणमा भावुक देखिए बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
biden-24-8-20.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्रेट पार्टीको नेशनल कन्भेन्सनमा बिदाइ भाषण दिएका छन् । स्टेजमा आएपछि बाइडेन भावुक देखिएका थिए । 

सम्बोधनका क्रममा उनले आफ्नो हरेक कामसँग उपराष्ट्रपति कमलादेवी ह्यारिसको नाम जोडे र धेरै पटक ह्यारिसको प्रशंसा गरेका थिए । बाइडेनले कन्भेन्सनमा उपस्थित सबैलाई धन्यवाद दिदै ह्यारिस र वाल्जको टिमलाई जिताउन अपिल गरेका थिए । 

भाषणको क्रममा बाइडेनले ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन् । उनले जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल हिंसाको पनि उल्लेख गरे । 

उनले भने, ‘अमेरिकामा राजनीतिक हिंसाको कुनै ठाउँ छैन । त्यस दिन (क्यापिटल हिल हिंसाको दिन) हामीले देशको रूपमा रहेको लगभग सबै कुरा गुमायौँ । त्यो धम्की आज पनि कायम छ । उनले (ट्रम्प) हारेमा रक्तपात गर्ने वाचा गरेका छन्, यी उनका शब्दहरू हुन् । उनले जितेमा उनी पहिलो दिनदेखि नै तानाशाह हुनेछन्, यी उहाँका शब्दहरू हुन्, उनको अर्थ यही हो ।’

बाइडेनले आफुहरु लोकतन्त्रको रक्षा गर्न र अमेरिकाको आत्माको लागि लडाइँमा संलग्न रहेको बताए । बाइडेनले आफ्नो भाषणमा आफ्ना उपलब्धिहरूको उल्लेख गरेका थिए । उनले कमला ह्यारिससँग मिलेर यो काम गरेको बताए ।

बाइडेनले मध्यम वर्गका लागि काम गरेको बताउदै कोभिड १९ महामारीको समयमा विश्वको सबैभन्दा बलियो अर्थतन्त्र निर्माण गर्न काम गरिएको उल्लेख गरे ।
बाइडेनले बन्दुकमा प्रतिबन्ध लगाउने विषयमा रिपब्लिकन पार्टीको अडान रहेको बताए ।

उनले भने, ‘अमेरिकामा बन्दुकबाट धेरै बालबालिका मारिन्छन् । त्यसैले कमला र म बन्दुकसम्बन्धी कानून पारित गर्न पाउँदा गर्व गर्छौं । अब बन्दुकमाथि प्रतिबन्ध लगाउने बेला आएको छ ।'

उनले आफ्नो पार्टीका लागि सबैभन्दा चुनौतीपूर्ण विषय गाजा–इजरायल युद्ध भएको बताए । उनले यस विषयमा आन्दोलन गरिरहेका जनताका लागि आफ्नो कुराको पनि औचित्य रहेको बताए । बाइडेनले दुवै पक्षबाट धेरै निर्दोष मानिस मारिएको उल्लेख गरेका थिए ।

आजदेखि शुरु भएको डेमोक्रेटको नेशनल कन्भेन्सनमा पार्टीका पुर्व नेताहरु, पुर्व राष्ट्रपतिहरुले सम्बोधन गर्ने भएका छन् । यस कन्भेन्सनले कमला ह्यारिसलाई डेमोक्रेटको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको औपचरिक चयन गर्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ