arrow

नाडा अटो शोमा केईले तीन ओटा मोडेल सार्वजनिक गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
laxmi-intercontinental-81-5.jpg

 काठमाडौँ । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना तीन ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसल मिडिया क्याम्पेन शुरु गरेको छ। 

जस अन्तर्गत सहभागिता जनाउन केई नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ। 

क्याम्पेनमा सहभागी हुन केई नेपालको फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ रहेको कम्पनीले जनाएको  छ। 

सहभागी मध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्न सक्ने पनि कम्पनीले उल्लेख गरेको छ। 

केई नेपालको सोसल मिडिया फलोअर्स र  फ्यान्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्ने पनि कम्पनीले आग्रह गरेको छ । 

यो क्याम्पेन आजबाट भदौ १० गतेसम्म चल्ने बताइएको छ। 

आउदै गरेको नाडा अटो शोमा केई अटोमोबाइल्स को स्टल नं H-16 मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केईका गाडीहरुकाबारे जानकारी लिन लक्ष्मी ई मोबिलिटीले सबैलाई निमन्त्रणासमेत दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ