arrow

प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय : शाक्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
radhika-shakya.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताएका छन् । 

सो सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताए । जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मानका हकदार भएको उनको भनाइ थियो । 

“प्रहरी श्रीमानलाई अगाडि बढाउन श्रीमतीको महत्वपूर्ण योगदान हुुन्छ । त्यस्तै महिला प्रहरीलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान-प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ”, प्रथम महिला शाक्यले भनिन् ।

“प्रधानमन्त्री ओली गृहमन्त्री भएदेखि नै आफू र प्रहरी सङ्गठन तथा प्रहरी परिवारसँग भावनात्मक सम्बन्ध रहँदै आएको छ । वास्तवमा प्रहरीलाई राष्ट्रको जिम्मेवारीलाई बुझेर संयम, शान्ति र धैर्यका साथ कार्यक्षेत्रमा लाग्न परिवारको अहम् रहेको हुन्छ । यो भूमिकाको निरन्तरता रहोस् भन्ने शुभकामना दिन चाहन्छु”, उनले भनिन् ।

उनले सङ्घमा जवानहरुका श्रीमतीलाई पनि जोडेर मानवीय सेवामा लाग्ने थप अवसर दिन आग्रह गरिन् । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत सहभागी कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफल हुने प्रहरी परिवारका छोराछोरीलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ