arrow

नृत्य निर्देशक संघको राष्ट्रिय भेला पुसमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
dance-director-association.jpg

पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत् प्रारम्भिक छलफल पोखरामा सम्पन्न भएको छ ।

छलफलबाट आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने निर्णय गरिएको संघका सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले जानकारी दिए । भेला कोशी प्रदेशमा हुने श्रेष्ठले बताए ।

छलफलमा नृत्य निर्देशक संघ नेपाल गण्डकी, लुम्बिनी, कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका साथै जिल्ला, नगर, गाउँपालिका अध्यक्ष तथा सचिवको सहभागिता रहेको संघका सहकोषाध्यक्ष केशव कोइरालाले बताए ।

गण्डकी प्रदेशको व्यवस्थापनमा भएको छलफलअन्तर्गत प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यता र संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा भएको थियो ।

सो अवसरमा उपकुलपति गुरुङले सम्पूर्ण नृत्य निर्देशकले नृत्यसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै प्रशिक्षण गराउनुपर्ने खाँचो औँल्याए ।

संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले सरकारबाट राष्ट्रिय नृत्य दिवस घोषणाका लागि देशभरका नृत्य निर्देशक एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए ।

छलफलमा सबै प्रदेश, जिल्ला, नगरका अध्यक्ष र सचिवले आआफ्नो योजना प्रस्तुत गरेको संघका कार्यसमिति सदस्य बुद्ध लामाले बताए ।

संघका केन्द्रीय उपाध्यक्ष भावना कार्कीले छलफलबाट निर्माण भएका मूल समारोह समिति र उपसमितिले आआफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गरी राष्ट्रिय भेला सफल बनाउन आग्रह गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ