arrow

डब्ल्यूएचओको स्पष्टीकरण- मंकिपक्स कोरोनाको नयाँ रूप होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
corona-virus-covid-19.jpg

काठमाडौँ । मंकिपक्स भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ । 

मंकिपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो । मंकिपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ“, डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले भने ।

सन् २०२२ जुलाईमा, डब्ल्यूएचओले मंकिपक्सको कम गम्भीर भेरियन्ट ’क्लेड २बी’ लाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । 

“मंकिपक्स कोभिड भाइरसको नयाँ रुप होइन”, क्लुगेले बताए । 

“हामीलाई मंकिपक्स कसरी नियन्त्रण गर्ने भन्ने थाहा छ । र युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको छ ”,उनले जेनेभामा भिडियो–लिङ्क मार्फत बताए । 

“के डब्ल्युएचओ युरोपेली क्षेत्रमा लकडाउन गर्न जाँदैछ, यो कोभिड–१९ को नयाँ रुप हो ? भन्ने प्रश्नको जवाफ स्पष्ट छः ‘होइन’ ”, उनले भने । 

क्लुगेले व्यक्तिबीच छालाको सम्पर्क मंकिपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको बताए । “सङ्क्रमण फैलिने अन्य कारण अझै अलि अस्पष्ट छन् । यस विषयमा थप अनुसन्धान आवश्यक छ ।” 

डब्ल्युएचओले मास्क प्रयोग गर्न सिफारिस नगरेको डब्ल्युएचओका प्रवक्ता तारिक जसारेभिकले बताए । 

“हामी अहिले विश्वव्यापी खोप अभियान सिफारिस गरिरहेका छैनौँ । हामीले हाल सबैभन्दा बढी जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गर्दैछौं, ”उनले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ