arrow

अलग हुँदै लोपेज र एफ्लेक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
jeniffer-lopez-ben.jpg

काठमाडौँ । हलिवुड अभिनेत्री जेनिफर लोपेज र पति बेन एफ्लेक आधिकारिक रूपमा अलग हुने भएका छन् । लोपेजले लस एन्जलसस्थित अदालतमा डिभोर्सका लागि निवेदन दिएको मिडिया रिपोर्टमा बताइएको छ ।

लोपेजले मङ्गलबार लस एन्जलसमा आफ्नो दुई वर्षको वैवाहिक सम्बन्ध विच्छेदको लागि निवेदन दिएको सीएनएनले उल्लेख गरेको छ । सन् २०२२ मा विवाह गरेका लोपेज र बेन पछिल्लो समय अलग–अलग बस्ने गरेको बताइएको थियो । 

यसअघि उनीहरु २००१ देखि २००४ को जनवरीसम्म रिलेसंसिपमा थिए र विवाहको मित समेत घोषणा भएपछि विवाह स्थगित गरेका थिए । तर त्यसको २० वर्षपछि दुवै फेरि एक साथ आएर २०२१ देखि रिलेसनशिपमा रहेका थिए ।

अहिले दुवैबीचको डिभोर्सको खबरपछि लोपेजले आफ्नो समर टुर रद्द गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ