arrow

यात्रा संस्मरणः ‘टाटा भनेको टाटा नै हो’

logo
हर्कबहादुर पंडित,
प्रकाशित २०८१ भदौ ५ बुधबार
tata-motors-81-5-5.jpg

भनिन्छ, दुई घण्टाको मौखिक अभिव्यक्ति भन्दा दुई मिनेटको उस्तै भावको तस्बिर कयौँ गुणा बढी शक्तिशाली अनि सम्प्रेषणीय हुन्छ । हो मलाई पनि त्यस्तै वास्तविकता झल्कने तस्बिर नै निको लाग्दछ ।

कुरा केही समय अगाडिको मात्र हो, जब म अनि हाम्रो सिप्रदीको बस टिम काठमाडौँबाट केही किलोमिटरमात्र दूरीमा रहेको दक्षिणकालीको बाटोबाट कुलेखानी भिमफेदी हुँदै हेटौँडा निस्कने बाटोमा हाम्रो टाटा ७१२ स्टार बसको टेष्ट ड्राइभ तथा ट्रायल गर्न भनी बिहान सबेरै खाना खाएर हामी सिप्रदीबाट ४ जना र दक्षिणकाली यातायातका सम्पूर्ण पदाधिकारी तथा ब्यवसायीहरू ३२ जना गरी जम्मा ३६ जना ७१२ गाडी उक्त बाटोमा परीक्षण गर्न भनी बिहान ठीक ११ः३० वजे दक्षिणकालीबाट अगाडि बढ्यौँ ।

हामीलाई पूर्ण विश्वास थियो कि ७१२ गाडीको परीक्षण उक्त बाटोमा सफलताका साथ सम्पन्न हुनेछ भनेर । तर पनि प्रतिद्धन्द्वीहरूको बलियो पकड रहेको उक्त बाटोमा हाम्रो ७१२ लाई प्रवेश गराउनु भनेको हाम्रो लागि फलामको चिउरा चपाउनु जस्तो नै थियो । 

तथापि हाम्रो पहिलो चुनौतीपूर्ण प्रयास कस्तो हुने हो भन्ने कुरामा सबैको चासो अनि कौतुहलताका साथै उत्साहले भरीएको थियो ।

अत्यन्तै साँघुरो अनि डरलाग्दा घुम्तीहरू भएको उक्त बाटोमा स्टारबस आफ्नै गतिमा अगाडि बढिरहेको थियो । चारैतिर पहाड अनि छेवैमा कुलेखानीको विशाल ड्यामबाट फहरा झैं कञ्चन पानी बगिरहेको थियो ।

पहाडका कुना काप्चा अनि कन्दराहरूबाट चराहरूको चिरबिर आवाजका साथै नदी र झरनाहरू बगिरहेका थिए । 

हामीहरू सबैजना पनि प्रकृतिका यिनै मनोरम दृष्यहरू नियाल्दै यात्राको आनन्द लिइरहेका थियौँ । 
 
यत्तिकैमा गाडी छैमलेको उकालो नजिक पुग्दछ, सबै ब्यवसायी तथा गाडीमा सवार चालकहरूले यस उकालोमा सबै गाडीहरूले १ गियर खान्छ भन्दै थिए । 

तर हाम्रो स्टारबसले सहजैसँग २ गियरमा उक्त उकालो चढेपछि सबैजनाको तालीले केहीबेर त बस नै गुञ्जायमान भयो ।

ब्यवसायीहरूले खुलेर स्टारबसको तारीफ गर्नथाले, हामी पनि ब्यवसायीको ताली संगै हर्षले गदगद भयौँ ।

अब पालो थियो उक्त रुटमा गाडी चलाइरहेका अन्य चालकहरूले गाडी टेस्ट गर्ने । यस क्रममा समितिका सबैभन्दा पुराना तथा अनुभवी चालक शिव बस्नेतलाई गाडी चलाउन दिइयो । 

वर्षौंदेखि त्यस बाटोमा गाडी चलाइरहेका बस्नेतले गाडी चलाउन थालेपछि त झन् गाडीको पिकअप अनि स्पिड दुबै बढेर आयो । सबैले शिवजी अनि ७१२ को गुणगान गाउँदै गन्तब्यतिर अगाडि बढिरह्यौँ ।

निश्चिन्त हुनुहो्स हाम्रो टाटा बदनाम हुँदैन
यात्रुको रोजाइ ब्यवसायीको लगानी खेर जाँदैन

टाटा आखिर टाटा नै हो जहाँ गए पनि
टाटा बाहेक अरुको त भर नै हुँदैन ।

अब भने हामीलाई लागिरहेको थियो कि हाम्रो सानो तर निकै नै चुनौतीपूर्ण परीक्षण कार्य सफल भैरहेको छ । साथै सम्पूर्ण ब्यवसायीहरूको ७१२ प्रतिको मोह बढिरहेको थियो । 

गाडीमा सवार ३–४ जनाले पालैपालो गाडी चलाएर हेर्नुभयो र मैले सबैजनासँग कुरा गर्दै उहाँहरूको अनुभव तथा प्रतिक्रिया आफ्नो क्यामेरामा कैद गरिरहेको थिएँ, सबैजनाको प्रतिक्रिया प्रायः एउटै थियो, ‘गाडी होस् त टाटा जस्तो’ ।

बिर्सन त खोज्दछु सम्झना झन् आउँछ
जहाँ जहाँ तिमी छौ त्यतै मन धाउँछ ।

भन्दै थिए मान्छेले रूँदै थियौ रातमा
आउ मेरो दिलमा अझै पनि ठाउँ छ ।

जतिसुकै यत्नले ढाकछोप गरे पनि
थाहा छ ती ओठमा मेरै मेरो नाउँ छ । 

अब भने हामी परीक्षणको यात्रा लगभग पूरा गरिसकेका थियौँ र सन्ध्याकालमा भिमफेदी हुँदै हेटौँडा निस्केर चितवन सौराहामा आराम गने पुगेका थियौँ, सौराहा बसाइमा भएको रात्रिभोज सँगै भएको ब्यापक छलफल तथा अन्तरक्रियामा दक्षिणकाली समितिका अध्यक्ष तथा उपाध्यक्षलगायत सबैले ‘टाटा गाडी भनेको टाटा नै हो’ भन्ने प्रतिक्रिया दिइरहेका थिए ।

एवं रितले रात्रिभोजसँगै टाटा गाडीको बारेमा विभिन्न छलफल तथा अन्तरक्रियापछि त्यस दिन त्यहीँ होटलमा आराम गरी भोलिपल्ट काठमाडौँ फिर्ता भयौँ ।

तत् पश्चात आजको दिनसम्म आइपुग्दा त्यस समितिमा अन्य पुराना गाडीहरू लगातार रूपमा विस्थापित गर्दै टाटा गाडीहरू मात्र प्रवेश गराइरहनु भएको छ । र हाम्रो सानो प्रयास भब्य रुपमा सफल भएको छ ।

म राम्री छु भन्छे नछानौँ कसोरी
सँगै जान्छु भन्छे नतानौँ कसोरी ।

खुबै मस्तले कर्के लगाउनेलाई
नजरका यी बाण नहानौँ कसोरी ।

अभिछिन्न याद बनी बस्नेलाई
आफ्नै हो भन्ने नठानौँ कसोरी ।

यसरी हामी निरन्तर रुपमा नयाँ नयाँ ठाउँ अनि बाटोमा टाटा गाडी लिएर प्रत्यक्ष रुपमा यात्रुहरू तथा ब्यवसायीहरूलाई सहयोग गर्न आइरहने छौँ । सायद अब पालो हजुरको गाउँ अनि ठाउँको पो हो कि !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ