arrow

राजनीतिप्रति नकारात्मक सोच त्यागौँ - नेता सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
sitoula-new-11-13.jpg

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिप्रतिको नकारात्मक सोच त्याग्नुपर्ने बताएका छन् । 

भद्रपुरमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सर्वोत्तम नीति नै राजनीति भएकाले राजनीतिप्रतिको नकारात्मक धारणा त्याग्नुपर्ने बताए ।

“राजनीतिकविना विकास र परिवर्तन सम्भव छैन”, उनले भने, “म सबै कांग्रेस नेता–कार्यकर्ता र आमनागरिकलाई राजनीतिप्रतिको नकारात्मक सोच त्याग्न आग्रह गर्छु ।”

कांग्रेस लोकतन्त्रको सम्वाहक भएको बताउँदै पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए ।

 “परिवर्तनको पक्षमा अग्रमोर्चामा रहेर कांग्रेसले नेतृत्व गरेको छ”, उनले भने, “आगामी दिनमा पनि त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ