arrow

युक्रेनले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा न्याय खोज्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
ukraine-russia-attack-24-04-21.jpg

काठमाडौँ । युक्रेनको संसद्ले बुधबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा सामेल हुन मतदान गरेको छ । किएभले रुसलाई आफ्नो आक्रमणका क्रममा गरेको युद्ध अपराधमा न्यायको दायरामा ल्याउन खोजेको छ ।

आइसिसीले नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधहरूमा मुद्दा चलाउँछ । आइसिसीसँग पक्राउ वारेन्ट जारी गर्ने शक्ति रहेको छ र यसलाई कार्यान्वयन गर्न उसका एक सय २४ सदस्य बाध्य छन् ।

युक्रेनले सन् २००० मा अदालतको स्थापना गर्ने रोम विधानमा हस्ताक्षर गरेको थियो तर केही राजनीतिक र सैन्य हस्तीहरूले युक्रेनी सैनिकहरूले अभियोजनको सामना गर्नुपर्ने हुनसक्ने आशङ्का व्यक्त गरेपछि यसलाई अनुमोदन गरेको थिएन 

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले संसद्ले कानून अनुमोदन गरेपछि बुधबारको कदमलाई ‘ऐतिहासिक’ बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ