arrow

भारत भ्रमण सकेर फर्किदै परराष्ट्र मन्त्री राणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
arzu-modi-81-5-3.jpg

काठमाडौँ । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजू राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी डा एस जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा गएकी राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेकी छिन्। 

भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टिभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ