arrow

सर्पको टोकाइबाट तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
Baitadi_District.png

बैतडी । बैतडीमा सर्पको टोकाइबाट तीन घाइते भएका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानमा सर्पको टोकाइबाट तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक जना सर्पको टोकाइबाट घाइते भएका हुन् ।

बुधबार जिल्लाको दशरथचन्द नगरपालिका-२ मगराउँकी ३५ वर्षीया भावना बोहरा, मेलौली नगरपालिका-३ बागगोठका १८ वर्षीय धीरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका-४ विनायककी ३० वर्षीया धौली चन्द सर्पको टोकाइबाट घाइते भएका हुन् ।

बोहरालाई घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला सर्पले टोकेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् ।

मेलौली नगरपालिका-३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडिरहेका बेला बुधबार दिउँसो सर्पले टोकेको थियो ।

पञ्चेश्वर गाउँपालिका-४ विनायककी चन्दलाई खेतबारीमा घाँस काटिरहेका बेला सर्पले टोकेको थियो । ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ