arrow

नयाँ सिजनको पहिलो खेलमै रोकियो रोनाल्डोको अल नासर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
alnasar-ronaldo-24-8-22.jpg

काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाए पनि सो अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको थियो ।

अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

यो खेलपछि दुवै क्लबले एक एक अंक हासिल गरेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ