arrow

राजनीतिमा पढेलेखेका र नैतिकवान व्यक्ति आए मात्रै देश बन्छ- बाबुराम भट्टराई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
baburam-05-07.jpg

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिमा शिक्षित व्यक्तिहरू निर्वाचित हुन सके मात्रै देश समृद्ध बन्न सक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले राजनीतिमा पढेलेखेका, नैतिकवान र सादगी मानिसहरू आउन सके मात्रै देश बन्न सक्ने बताए । उनले चुनाव जित्ने, सरकारमा जाने र मन्त्री बन्ने कुरा राणाकलादेखि नै हुँदै आएको बताए । उनले आधारभूत संरचनागत रूपान्तरण गर्नका लागि र जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउन सक्षम व्यक्तिको आवश्यकता रहेको उल्लेख गरे । उनले देशको सही नेतृत्व गर्न योग्यतासँगै इमानदारिता आवश्यक रहेको बताए । 

उनले भने, ‘हाम्रो जस्तो जटिल भूराजनीति भएको जुन ठाउँ छ । यहाँ विभिन्न शक्तिहरू खेल्ने कोसिस त गरिहाल्छन् नि । त्यो स्वाभाविक हो । त्यसमा अरूलाई दोष दिनु हुँदैन । जहाँ पनि हुन्छ, अहिले पनि भइरहेको छ । राजनीतिमा पढेलेखेका मान्छे, सादगी जीवन बिताउने मान्छेहरू र नैतिकवान मान्छेहरू नआउने हो भने देश बन्दैन । चुनाव जितिन्छ, सरकारमा गइन्छ, मान्छेहरू मन्त्री हुन्छन् । त्यो त भइरहेको छ । त्यो राणाको कालमा पनि भएको थियो, पञ्चायत कालमा पनि भएको थियो । काँग्रेस र एमालेको पालोमा पनि भएको थियो र अहिले पनि भइरहेको छ । साँच्चै नै आधारभूत संरचनागत रूपान्तरण गर्ने, जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउने हो भने सक्षम मान्छे देशको नेतृत्व तहमा जानुपर्छ । सँगै इमानदारिता चाहिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ